दमौली : राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्ष अस्मिता खनाल, सचिव माधव पौडेल, सहसचिव सागर गिरी, कोषाध्यक्ष शिला वाग्ले चयन भएका छन्। सदस्यहरूमा श्रहरि पौडेल र उपेन्द्र खनाल रहेका छन्।
त्यसैगरी, सल्लाहकारहरूमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले फोटो बिना समाचार अपूर्ण हुने बताउँदै फोटो पत्रकारिता सधैँ विश्वसनीय रहने उल्लेख गरे। उनले फोटो पत्रकारिता अझ व्यावसायिक बनाउन तालिमको आवश्यकता रहेको धारणा राखे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सना, रिपोर्टर्स क्लब गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले लगायतले मन्तव्य राखेका थिए।
त्यस अवसरमा फोटो पत्रकारितामा योगदान पुर्याए बापत राष्ट्रिय समाचार समिति (रासस) का कृष्ण न्यौपाने, प्रादेशिक खबर दैनिकका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो।
प्रतिक्रिया