रिङ्कु सदाको मृत्युबारे प्रचण्डको ब्रिफिङ

शनिबार, १७ फागुन २०८१
सिरहा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शङ्कास्पद मृत्यु तथा घटनाको अनुसन्धान प्रक्रियाबारे जानकारी लिएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।
अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको सङ्घर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशङ्काले गरेका संवेदनशील भएर सत्य तथ्य अनुसन्धान गर्न आग्रह गरे ।
गत माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए ।
जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरूले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार