मंगलबार र बुधबार मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार र बुधवार मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज राति देशभर हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, मङ्गलवार र बुधवार देशको सातै प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार