अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु

मंगलबार, १६ बैशाख २०८२

धनगढी : सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु भएको छ । 

सेती अस्पतालमा डायलासिस गराउँदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। लगत्तै चिकित्सकले उनलाई मृत  घोषणा गरेको प्रहरीले बताएको छ ।

सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।  

सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । 

सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि हाम फालेको देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार