पुनः घट्यो पेट्रोलियम पदार्थको मूल्य

बुधबार, १७ बैशाख २०८२

इटहरीः पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँ घटाएको घोषणा गरेको छ।

यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर २९ डलरले कमी गरिएको छ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५८ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १४५ रुपैयाँ र आन्तरिक हवाइ इन्धनको मूल्य १२१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटेर अब ९५२ डलर प्रतिकिलोलिटरमा झरेको छ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार नेपाली बजारमा समेत मूल्य समायोजन गरिएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार