मुख्यमन्त्री सिंह भन्छन : 'उद्योग र पर्यटन विकास नगरे युवापलायन रोकिन्न'

विहीबार, १८ बैशाख २०८२

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले युवाहरुको पलायन रोक्न नेपालमा उद्योग र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताएका छन्।

 उद्योग र पर्यटनमा लगानी गरेर युवाहरुलाई रोक्न नसके देश अझ पछि पर्दै जाने बताए । सिंहले छिमेकी मुलुक भारत र चीनबाट हिन्दु र बौद्धधर्मावलम्बीहरुलाई ल्याउन सके देशको मुहार फेरिने बताए। 

भारतीय पर्यटकलाई नेपालमा सहज वातावरण बनाउन आवश्यक रहेकोमा सिंहले जोड दिए । 

संघीय सरकारले नीति बनाउँदा पनि ध्यान दिन आवश्यक रहेको भन्दै भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने रकमको सीमा बढाउन पर्ने बताए । 

सिंहले अहिले देशभरी नै लगानीको वातावरण बनिरहेको र स्कोप समेत रहेको भन्दै यसबाट राम्रो प्रतिफल प्राप्त हुने बताए । 

नेपालको प्राकृतिक सौन्दर्यताको र धार्मिक क्षेत्रको ब्राण्डिङ  गर्न आवश्यक रहेको सिंहले बताए ।
 
 नेपालमा  सस्तो श्रमिक भएको र उद्योगहरुका लागि समेत राम्रो वातावरण भएको कारण नेपालमा उद्योगहरु खुल्न सक्ने सम्भावना प्रचुर रहेको बताए ।

 कतिपय अवस्थामा कानुनी अभावमा पनि उद्योगहरु खुल्न नसकिरहेको बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार