काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० मा कारोबार भएको थियो ।
आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया