रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

विहीबार, ०८ जेठ २०८२

सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो ।


पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिए पछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए ।


विहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए ।


‘पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्किएको छ,’काफ्लेले भने, ‘दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौ । खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।


नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो ।


शनिवारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ । सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार