इटहरी : रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई युवा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।
आइतबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा विराटनगर महानगरपालिका–३ ढाट निवासी २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ निवासी २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए।
उनीहरू मामा–फुपुका छोराहरू अर्थात् दाजुभाइ हुन्।
बेपत्ता भएको २४ घण्टापछि सोमबार बिहान १० बजे उनीहरूको शव कुण्डमै फेला परेको रसुवा प्रहरीले जानकारी दिएको छ।
स्थानीयको सहयोगमा खोजी कार्य तीव्र पारिएपछि उनीहरूको शव निकालिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया