सुनसरीमा लागूऔषधसहित ८ जना पक्राउ, धरानको ट्याटु हाउसबाट चक्की र ब्राउन सुगर बरामद

सोमबार, १२ साउन २०८२
File Photo

सुनसरी : सुनसरी जिल्लामा प्रहरीले दुई फरक स्थानबाट लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। साउन ११ गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरान र इनरुवा क्षेत्रमा सञ्चालन गरिएको अपरेसनबाट प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धरान उपमहानगरपालिका–१५ मा योजन राईले सञ्चालन गरेको ट्याटु हाउसमा प्रहरी पुगेपछि २ हजार ७३ चक्की प्रतिबन्धित औषधि र ६८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। सोही स्थानबाट दीपेन मगर (२७), जगत मगर (२१), कृष्ण राई (३३), सुरज कार्की (३२), सोमत राई (२४) र असिम राई (१९) पक्राउ परेका छन्।

त्यस्तै, इनरुवा नगरपालिका–४ स्थितबाट धनकुटा साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार