एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्वाचित

सोमबार, १२ साउन २०८२

काठमाडौँ  : गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय समन्वय परिषद् (एनसिसी) थाइल्याण्डको १२ औँ राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मतिले चयन भएको हो । 

 ३० वर्षदेखि थाइल्याण्ड बस्दै आएका श्रेष्ठले रिसोर्ट, होटेल र रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।
श्रेष्ठ नेतृत्वको कार्यसमितिमा कान्छा गुरुङ (गाबो) वरिष्ठ उपाध्यक्ष छन् भने तीन जना उपाध्यक्षमा राजु बलामी, सारसिङ गुरुङ र आतिश कृष्ण श्रेष्ठ छन्। त्यस्तै महासचिवमा निरज वैद्य निर्वाचित भएका छन् ।

 सचिवहरूमा राज बहादुर साउँद र भूषण सिंह नेपाली छन्। कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित भएका छन् भने महिला संयोजक मेघा बजाज छन् ।
त्यस्तै सदस्यहरूमा टेक सिंह भाट, मनोज अर्याल, योगेन्द्र क्षेत्री, सुरेन्द्र रानाभाट र अतीत कोइराला छन् ।

 अधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) केन्द्रीय सदस्यमा भविन्द्र बस्नेतलाई सर्वसम्मतिले चयन भएका छन् ।
उमेद कुमार पुन सेरपुन्ज निर्वाचन संयोजक तथा सदस्यहरू शारदा न्यौपाने, भारती लिम्बुनी, जमिला कायस्ता र बेनी माधव लेखक सहितको निर्वाचन समितिले निर्विरोध कार्यसमिति बनाउन सफल भएको निवर्तमान अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार