 
                            काठमाडौँ : हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा हुने मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ। तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने देखिएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।
प्रतिक्रिया