 
                            काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले आफू र आफ्नो परिवारप्रति लक्षित गरी जेनजी समूहमार्फत तनावपूर्ण र भयङ्कर षडयन्त्र गरिएको बताएका छन्।
उनका अनुसार, जेनजीका नाममा उनलाई र परिवारलाई आक्रमण, धम्की र चरित्रहत्या अभियान चलाइएको छ। घरबार विहीन बनाउने, सामाजिक रूपमा अपमानित गर्ने र दशैंको मुखमा आतङ्कित पार्ने प्रयास समेत गरिएको आरोप छ।
बस्नेतले बताएअनुसार, जेनजीका नाममा बुढाबुढी बा–आमालाई जिउँदै जलाउने प्रयास गरिएको, श्रीमतीमाथि आक्रमण गर्ने योजना बनाइएको, तर पहिचान नखुलेर जोगिएको छ। छोराछोरीलाई ‘नेपो बेबी’ भनेर बदनाम गर्ने अभियान पनि चलाइएको छ।
उनले आरोप लगाएका छन् कि बालेन, भिक्टर, कुमार, केपी खनाल, राजीव, वीरेन्द्र लगायतका व्यक्तिहरू साइबर सेनाको प्रयोग गरेर जेनजीको नाममा चरित्र हत्या गर्न लगाइएको छ। हजारौँ व्यक्तिलाई फोन गरेर धम्की दिन लगाइएको समेत उल्लेख छ।
बस्नेतले भनेका छन्, ‘दशैंको मुखमा घरबार विहीन बनाएर पनि आफूलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल चलाइएको छ।’
नेकपा नेता बस्नेतले आफूविरुद्ध गरिएको कारबाहीलाई ‘मिडिया ट्रायल’ भनेका छन् र त्यसले घरपरिवारमा आतङ्क र रुवाबासी उत्पन्न गरेको बताए।
उनले भने, “अहिले दशैँको मुखमा घरबार विहीन बनाएर पनि मलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल गरेर मेरो घरपरिवारमा आतङ्क र रुवाबासी गराइयो।”
त्यसैगरि बस्नेतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बदला लिने सङ्केतसमेत व्यक्त गरे।
उनका शब्दमा, “ए बालेनको चेलो, कान खोलेर सुन — तिमीहरूको पाइपाइ हिसाब हुन्छ र चानचुन के बदला लिन्छु, याद गर। देशभर हिँड्न नसक्ने हालतमा पुग्नेछौ। कानुन हातमा लिएर होइन, कानुन साथमा लिएर तँलाई ठिक पार्नेछु।”
प्रतिक्रिया