इटहरी : लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ तरहरा इटहरी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनल र लियो क्लब अफ इटहरी ग्रिन सिटीका नयाँ पदाधिकारीको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ ।
विहिबार इटहरीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक गर्भनर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्सको मूल्य, मान्यता र सेवा भावलाई आत्मसात गरी समाजको सेवामा तल्लिन हुन निर्देशन दिए ।
२०२५–२६ का लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा सान्ता कोइराला थापा, लायन्स क्लब अफ तरहरा इटहरीमा पवन अधिकारी, बिजनेस प्रोफेसनलमा किरण अधिकारी र लियो क्लब अफ इटहरी ग्रिन सिटीमा रिया गेलाल चयन भएका छन् ।
कार्यक्रममा २०२४–२५ का अध्यक्षहरूले आफ्नो कार्यकालका गतिविधि प्रस्तुत गरेका थिए भने नयाँ अध्यक्षहरूले नेतृत्व विकास, व्यवसाय प्रवद्र्धन र सामाजिक सेवामा सक्रिय रहँदै क्लबलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
सो अवसरमा इटहरी टेंग्रा पुल नजिक खुला आकाशमुनि दैनिक रूपमा शिक्षा प्रदान गर्दै आउनुभएका शिक्षक चन्द्र भण्डारीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
लायन्स क्लवले विश्वव्यापी रुपमा शिक्षा स्वास्थका साथै जलवायु परिवर्तनका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।























प्रतिक्रिया