काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार धनकुटा–१ हिलेस्थित कान्जिरोवा मकालु होटलमा सम्पन्न सभामा संस्थाका अध्यक्ष उदयनारायण बरालले अध्यक्षता गरेका थिए ।
सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । साथै, सोही वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण, र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गरिएको छ ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरिएको छ भने संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरूमा उदयनारायण बराल, मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्याललाई पुनः नियुक्त गरिएको छ ।
सभामा सहभागी शेयरधनीहरूले संस्थाको निरन्तर प्रगति र विस्तारका लागि शुभकामना व्यक्त गरेका छन् । कोशी प्रदेश स्तरीय कार्यक्षेत्र रहेको गुराँस लघुवित्तले ३६ शाखा कार्यालयमार्फत करिब २४ हजार ग्रामीण तथा मध्यम वर्गीय परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
_v0sUZggyUm.jpg)


प्रतिक्रिया