काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ ।
अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा ३ हजार १५ रुपैयाँ रहेको चाँदी सोमबार तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया