एमाले महाधिवेशन मतदानः प्रतिनिधिहरूलाई प्रवेश समय पुनः बढ्यो

बुधबार, ०२ पुस २०८२

काठमाडौँ : नेकपा (एमाले)को जारी मतदानमा प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गर्ने समय पुनः थप गरिएको छ।

यसअघि साँझ ८ बजेसम्म मात्र मतदानस्थल प्रवेश गर्न दिइएको समय बढाएर १० बजेसम्म पुर्‍याइएको थियो।

महासचिव शंकर पोखरेलका अनुसार अब प्रतिनिधिहरू राति १२ बजेसम्म मतदानस्थलमा प्रवेश गर्न पाउनेछन्।

केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म करिब १२ सय मत खसिसकेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार