उदयपुरको त्रियुगानगर क्षेत्रमा  जंगली हात्तीको आंतक

विहीबार, १० पुस २०८२
फाइल फोटो

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा गत आइतवार देखि गए राती सम्म जंगली हात्तीले १२ भन्दा वढी घरमा क्षति पुर्याएको छ । हात्तीले त्रियुगा नगरपालिका वडा नम्बर ५ बागचौरी, वडा नम्बर ६ मोहनपुर र लालपता,  वडा नम्बर ७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा गाउँमा पसेर घरमा क्षति पुर्याएको हो । 

सोमबार रातिमात्र करिब ७० जतिको समूहमा आएका जंगली हात्तीले  वृहस्पती सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखेरेल लगायतको घर भत्काइदिएको स्थानीय विष्णु भुजेलले जानकारी दिए । मङ्गलबार राति पनि गाउँ पसेको  हात्तीको समुहले वडा नम्बर ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायतको घरमा क्षति पु¥याएको थियो ।  वडा नम्बर ६ कै लालपता र वडा नम्बर ं १ को जोगीदह क्षेत्रमा हात्तीले घरमा राखिएको अन्न खानुका साथै घर भत्काएर क्षति पु¥याएको स्थानीय देवीलाल चौधरीले बताए । 

दैनिक जसो रातको समयमा ७०–७५ वटाको समूहमा हात्ती गाउँमा पसेर अन्न खाने, घर भत्काउनेलगायत उपद्रो गर्न थालेपछि सुरक्षाका लागि स्थानीय रातको समयमा आगो बालेर जाग्राम बस्न बाध्य भएको त्रियुगा नगरापालिका वडा नम्बर ६ मोहनपुरका कृष्ण कार्कीले बताए । हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले रातको समयमा सावधानी अपनाउन, सुरक्षित स्थानमा समूह बनाएर बस्न स्थानीयलाई आग्रह गरेको छ ।

प्रहरीले ‘माइकिङ’ गरी स्थानीयलाई सचेत भई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले जानकारी दिएका छन् ।  “हात्तीलाई तर्साएर भगाउन मात्र सकिने भएकाले समूहमा बसेर हात्ती भगाउन आग्रह गरिरहेका छौँ । प्रहरीले पनि स्थानीयसँगको समन्वयमा गाउँमा हात्ती प्रवेश गर्न नदिन रातको समयमा गस्ती गर्ने योजना बनाएको छ”, चापागाईले भने ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार