इलाम : नेपालटार–मंगलबारे सडकको स्तरोन्नतिका लागि ६५ लाख बराबरको टेन्डर अगाडी बढाइने भएको छ ।
कोशी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेपछि पहिलो पटकमा ६५ लाख बराबरको परिधिभित्र रही सो सडक स्तरोन्नतिको लागि टेन्डर खोली काम अगाडी बनाउने सहमति भएको हो ।
इलाम नगरपालिका वडा नम्बर १, साखेजुङको वडा कार्यालयमा बसेको बैठकमा इलाम क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर १ सदस्य गोविन्द गिरी, इलाम नगरपालिका प्रमुख केदार थापा, देउमाई नगरपालिका प्रमुख सूर्य पोखरेल, देउमाई वडा नम्बर ३ का वडाध्यक्ष पदम कटुवाल, इलाम १, ४ र ६ का वडाध्यक्षहरू क्रमशः गायत्रीराम बस्नेत, नुतन दुलाल, दुर्गा क्षेष्ठ (मदन), कोशी प्रदेश पूर्वाधार कार्यालय इलामका प्रमुख रजकबहादुर सिंह लगायतको उपस्थितिमा छलफल भएको थियो । सो छलफलबाट तत्काल काम थालिने समेत विषयमा सहमति जुटेको जनाइएको छ ।
प्रतिक्रिया