इलाम कांग्रेसमा सर्वसम्मत नेतृत्व चयन गर्न पूर्व सभापति फोरमको पहल

शुक्रबार, ११ पुस २०८२
नेपाली काँग्रेसको झण्डा

इलाम : नेपाली काँग्रेसको आसन्न १५औं महाधिवेशनको चर्चा चलिरहेको समयमा इलाममा भने सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ । इलाम क्षेत्र नम्बर १ मा नयाँ नेतृत्व चयनका विषयलाई पूर्व क्षेत्रीय सभापतिहरुको फोरमले आकाँक्षीहरुलाई एकै ठाउँ राखेर सर्वसम्मतका लागि पहल थालेको हो । 

महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्इ ,जिल्ला सदस्य,क्षेत्रीय समिति सदस्य तथा विभिन्न पदका आकाँक्षीहरुलाई सहभागी गराएर सर्वसम्मतको पहल थालिएको छ । गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर सर्वसम्मत नेतृत्व चयन गरी कार्यकर्तामा उत्साह थप्ने र संगठनलाई बलियो बनाउने उद्देश्य राखेर यस प्रकारको पहल थालनी गरिएको अग्रज नेताहरु बताउछन् । 

जेन–जी पुस्ताको मनोभावना बुझेर उनीहरूलाई समेट्ने सक्षम र स्वीकार्य नेतृत्व अघि बढाउने कामको थालनी गर्न लागिएको पूर्व क्षेत्रीय सभापति दुर्गाकुमार बरालले जानकारी दिए  ।  पार्टीभित्र निरन्तर देखिँदै आएको किचलो र मनमुटावप्रति चिन्ता व्यक्त गर्दै एकताको आवश्यकता भएकाले यस्तो प्रयास थालिएको पूर्व क्षेत्रीय सभापति भिष्म प्रधानले बताए । नीतिगत विषयमा वैचारिक समूह बन्नु स्वाभाविक भए पनि गुट चिरेर सक्षम व्यक्तिलाई सर्वसम्मत अघि बढाउने अभ्यासको सुरुका लागि पहल थालिएको बताए । 
गुट र उप गुटले पार्टीलाई कमजोर बनाउने भएकाले पनि पार्टीलाई मजबुद बनाउन यस प्रकारको काम अघि बढाइएको इलाम क्षेत्र नम्बर १का नेताहरुको भनाई रहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार