सुनकोशीमा सीटीईभीटीको गाडी खस्दा २ निर्देशकसहित ३ जना बेपत्ता

शुक्रबार, १९ जेठ २०८०
काठमाडौं । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा शुक्रबार गाडी खस्दा तीनजना बेपत्ता भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी नदीमा खसेको हो । सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो) शुक्रबार खस्दा तीनजना बेपत्ता भएका छन् । चालक पौडिएर निस्किएका छन् । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बीएबी ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खसेको हो । गाडीमा रहेका प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ । चालक कृष्ण चौधरी पौडिएर निस्किएका छन् । उनको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार