संगठन सृदृढीकरणका लागि जिल्लामा केन्द्रीय सदस्य परिचालन गर्दै कांग्रेस

मंगलबार, १६ साउन २०८०
काठमाडौं । संगठन सुदृढीकरणको अभियानका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्लामा खटाएको छ। कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य खटाउने भएको हो। केन्द्रीय समिति बैठक साउन १० को निर्णयअनुसार पार्टीको सांगठानिक सुदृढीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्यलाई जिल्ला तोकेर खटाएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई जिल्ला खटाउन सुरू गरिएको जानकारी दिए। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश भित्रका जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिने काम भइरहेको भन्दै उनले सबै जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र बुधबार पत्र दिइने बताए । केन्द्रीय कार्यालयबाट पत्र लिएर केन्द्रीय सदस्यहरू जिल्ला जान थालेका छन्। संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि ३० गतेसम्म आन्तरिक रूपमा जिल्ला–जिल्लामा केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्। त्यसपछि भदौ १० देखि २४ गतेसम्म कांग्रेसले संगठन सुदृढीकरणका लागि ‘समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार