काठमाडौं । प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि संसद बैठक स्थगित गरिएको हो ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो ।
संघीय संसद सचिवालयले मंगलबार सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको जनाएको छ ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
सत्तारुढ गठबन्धनले भने समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया