सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप

शनिबार, २० साउन २०८०
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने बताएका छन् । आगामी निर्वाचनमा नेपाली काग्रेस एक्लै चुनाव लड्ने जानकारी पनि उनले दिए । वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको महरको आरोप छ । कांग्रेसले चलाएको आन्तरिक विशेष अभियान अन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए । उनले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाई छ । उनले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार