प्रचण्डले जनयुद्धका पीडितसँग माफी माग्नु पर्छः वामदेव

बुधबार, २० भदौ २०८०
काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीले जनयुद्धपीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्नसम्म पनि नसक्ने बताए । उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टहरुबीच एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु । माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए ।’ उनले प्रचण्डले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने टिप्पणी गरे । ‘राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार