संस्थापनइतर नेता कोइराला पक्षको बैठक बस्दै

मंगलबार, ०२ असोज २०८०
काठमाडौं । कांग्रेसका संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै छ । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बैठकमा बोलाइएको छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए । प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । आजै उनी चीन  जाने भएकोले उपस्थित नहुने भएका हुन् । १४औं महाधिवेशनपछि विश्व–प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् । शेखर–गगन समूहमा विश्व–प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व–प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार