कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिको निर्णय भोलिमात्रै

विहीबार, २५ असोज २०८०
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि(शुक्रबार)मात्र लिइने भएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले दुई जनाको दाबी पेस भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय आज गर्न नसकिएको बताएका हुन् । प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ । कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन् । कांग्रेस संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीसमेत उनकै पक्षमा खुलेका छन् । त्यसो हुँदा कार्की संविधानअनुसार कोसीको मुख्यमन्त्री बन्ने देखिएको छ । उता आङ्बाले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन् । तर कांग्रेसका ९ सांसदहरुले आङबोले हस्ताक्षरको दुरुपयोग गरेको बताइसकेका छन् । https://pradeskhabar.com/?p=24172 https://pradeskhabar.com/?p=24177

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार