पोखरा । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए ।
ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
नवलपुर विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका उनी जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्की दरबन्दी भएर हाल सीआरभी भद्रकालीमा कार्यरत थिए ।
प्रतिक्रिया