पाइलट प्रकाश सेढाईंकाे  निधन

बुधबार, ०८ कार्तिक २०८०

काठमाडौं /मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाश सेढाईंकाे  निधन भएको छ । उनको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा निधन भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

     लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९एन-एएनजे कलसाइनको हेलिकाेप्टर असोज २७ गते बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएकाे  थियाे। हेलिकाेप्टरमा पाइलट सेढाईं एक्लै थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार