आज दशैंको टिकाको चौथो दिन: मान्यजन र आफन्तबाट टीका लगाइँदै

शुक्रबार, १० कार्तिक २०८०
काठमाडौं। बडादशैंको टीकाको चौथो दिन आज पनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ । दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ । घटस्थापनाका दिन विधिपूर्वक दशैंघरमा टीका तथा जमरा स्थापना गरिन्छ । सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा छ । ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दशैंमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले शहरबजारमा भिडभाड बढेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार