क्यानाडामा नेपालीले जिते एक लाख डलरको चिट्ठा

शनिबार, १८ कार्तिक २०८०
विराटनगर । क्यानाडामा रहेका एकजना नेपालीले एक लाख डलरको चिट्ठा जितेका छन् । पोखराका दीपक अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा एक लाख क्यानेडियन डलर (करिब ९७ लाख रुपैयाँ) पुरस्कार जितेको क्यानाडामा रहेका सुनसरी घर भएका नेपाली सञ्चारकर्मी जयराम गौतमले बताए । दुई वर्षअघि क्यानाडा गएका उनले त्यसै बेलादेखि नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेको बताएका छन् । उनले अक्टोबर पहिलो साता ब्रापम्टनको एउटा कन्भिनियन्स स्टोरमा उक्त चिट्ठा किनेका थिए । जितेको रकम धेरै ठूलो नभएकाले इच्छा गरेका सबै कुरा गर्न नसके पनि केही भने पुरा हुने उनले बताए । नेपालमा पर्यटन व्यवसायमा आवद्ध उनले आगामी दिनमा पनि नियमित टिकट किन्ने पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार