राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै

मंगलबार, २१ कार्तिक २०८०
काठमाण्डौ / राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदैछन । राष्ट्रपति पौडेल साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यस्तै, राहत वितरण कसरी भइरहेको छ भन्नेबारे पनि उनले जनप्रतिनिधिहरुसँग छलफल गर्नेछन। गएको शुक्रवार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार