त्यस्तै भेरी नगरपालिका-१ रिम्नकि १७ वर्षीय पवित्रा चलाउने पनि दुई दिनदेखि बिरामी छन्। भुँई चिसो छ। त्रिपालबाट पनि शीत चुहिन्छ। जसका कारण छोरी बिरामी परेकी छ। न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै। घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ? उनले भनिन ‘राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौं। चिसो र भोकले मर्ने बेला भो।’
जाजरकोटमा मात्र होइन रुकुमका भूकम्प पीडितहरू पनि बिरामी पर्न थालेका छन्। त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकाहरूमा रुघाखोकी ज्वरो, निमोनिया लगायतका समस्या देखिन थालेको आठविसकोट नगरपालिका-१४ छेपारेकी सरस्वती जैसीले बताइन्। उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोसिलो खानेकुराको कमी भएको बताइन्।
‘जाजरकोटका ९५ प्रतिशत मानिसहरू घरबाहिर छन्। शौचालयहरू भत्किएका छन्। पोषणको अभाव छ। सुत्केरी, गर्भवती, बृद्धबृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन। शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ। धेरै मानिसहरू मानसिक रूपमा डराइरहेको अवस्था छ। धेरैलाई मनोसामाजिक परामर्श दिनुपर्ने अवस्था छ’ विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. श्रद्धा पंगेनीले विपद् व्यवस्थापन समिति वास कलस्टरको बैठकमा गाउँको अवस्था बारे जानकारी गराउँदै भनिन ‘स्वास्थ्य तथा सरसफाई क्षेत्रमा काम गर्ने साझेदार निकायहरूले यस तर्फ तत्काल ध्यान दिन जरुरी छ। स्वास्थ्य सम्बन्धी नत्र आउट नहोला भन्न सकिन्न।’ उनले गर्भवती र सुत्केरीलाई तत्काल पोसिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु पर्ने बताइन्। स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिहरूको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। जाजरकोटमा गत वर्ष दादुरा फैलिएको जिल्ला भएकाले यसपटक पनि हाइरिस्कमा छ। फेरि फैलन सक्छ यसतर्फ पनि ध्यान दिँदै हामी सबै मिलेर सम्भावित जोखिम निराकरण गरौं उनले भनिन।स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन।
साभार ः अन्नपुर्ण पोष्ठ अनलाईन
प्रतिक्रिया