उनले घाइतेको उपचारमा सरकारले आवश्यक सहयोग गरिरहेको बताए ।
‘उहाँहरुको उपचारको लागि कतिपय सामान सरकारबाट प्राप्त भएको थियो, त्यो प्रयोग गर्दैछौँ । स्वास्थ्य मन्त्रीले यसमा नेपाल सरकारले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।’
मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपुजाको राती भएको आगजनीमा परेर उर्लाबारीमा भएको आगजनीमा गरेर घाइते भएकाहरु मध्ये २५ जनाको उपचार किर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।
किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले उर्लावारी घटनाका समेत गरी अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । पसलमा आगलागी भएसँगै ग्यासको सिलिण्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया