आगलागीमा अस्पताल सहित ८ पसल जले

शनिबार, ०२ मंसिर २०८०
धनगढी । धनगढीमा गएराति प्रदेशसभा भवन नजिकै आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेका छन् । प्रहरीकाअनुसार विद्युत् सर्ट भएर राति १ बजेतिर आगलागी भएको हो ।आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए । आगलागीnfO{ धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार