धारिलो हतियार प्रहार गरी बाबुको हत्या

सोमबार, ११ मंसिर २०८०
झापा । झापाको कमल गाउपालिकामा आफ्नै छोराले हतियार प्रहार गरी बाबुको हत्या गरेका छ्न । कमल गाउपालिका ४ बस्ने ५० बर्षका  भोलाकुमार तामाङलाई आफनै छोरा २३ बर्षका आशिष् तामाङले आज बिहान  कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर रुपमा चोट लागेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी केर्खाले जनाएको छ । हतियार प्रहार पश्चात् आशिष् फरार भएका थिए । बाबुको हत्या गरि फरार भएका उनलाई प्रहरीले सोही ठाउको दूध डेरि भन्ने स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार