कौडिन्य महासङ्घको तेस्रो अधिवेशन प्रजातन्त्र ७ गते

आइतबार, ०१ पुस २०८०
काठमाडौँ । कौडिन्य महासमाजको केन्द्रीय अधिवेशन फागुन ७ गते सम्पन्न हुने भएको छ । शनिवार बसेको महासमाजको केन्द्रीय समिति बैठकले महासमाजको अधिवेशन प्रजातन्त्र दिवसका दिन फागुन ७ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो । महासमाजले स्थान र समय भने तयभएपछि सार्वजनिक गर्ने पनि निर्णय गरेको केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराले बताए । समाजले केन्द्रीय अधिवेशन गर्नु पूर्व नै लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशमा पनि कौडिन्य महासमाज गठन गर्ने लक्ष राखेको महासचिव विष्णु बास्कोटाले जानकारी दिए । महासमाजले कोसी, बाग्मती र सुदूरपश्चिम प्रदेश समिति भने यसअघि नै गठन गरिसकेको तथा महासमाज गठन हुँदा आचार्य, न्यौपाने, पराजुली, प्याकुरेल, बन्जारा, सापकोटा, बाँस्कोटा, लकाई खड्का, गैह्रे, सत्याल, पाठक गरी कौडिन्य गोत्रका ११ थर समेटेको र अन्य त्रिताल, पनेरुलगायतका अन्य कौडिन्य गोत्रका थरहरूलाई पनि महासमाजमा जोडिन आग्रह गरिएको उपाध्यक्ष एवं प्रवक्ता बाबुराम आचार्यले बताए । कौडिन्य गोत्रमा ४० भन्दा बढी थर भएको महासमाजले दाबी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार