व्यवस्था कमजोर पार्नेहरु विरुद्ध एक भएर लड्न आवश्यक- सभापति देउवा

आइतबार, ०८ पुस २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालेले गणतन्त्रलाई कमजोर बनाउन व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको शतवार्षिक जन्मोत्सव विशेषको अवसरमा आयोजित ‘आर्दशको राजनीति, विधिको शासन र किसुनजी’को योगदान विषयक अन्तरक्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै एक हुनु पर्ने बताएका हुन् । ‘अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ । कमजोर बनाउने कुरा भएको छ । हामी सबै एक भएर लाग्नुपर्छ । इतिहास फर्कने कुरा छैन । गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ । यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ,’ सभापति देउवाले भने । यस्तै, देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनीति गर्न नसकेको पनि बताएका छन् । भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको देउवाको भनाइ छ । यस्तै देउवाले भट्राइलाई विद्यार्थी आन्दोलनको समयमा (२०२४) तिर आफूले पहिलो पटक नख्खु जेलमा भेटेको स्मरण गर्दै भट्टराईको राजनीतिक र नैतिक चरित्रबारे जति बोले पनि नपुग्ने बताए । उनले भट्टराईलाई उच्च सेन्स अफ ह्युमर भएको व्यक्तिको रुपमा स्मरण गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार