केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कुनै कार्यक्रममा नगइ नयाँ नीति तथा कार्यक्रमको बजेटको तयारीमा एवम् विकास र सुशासनमा देखिएका समस्याको समाधानमा लाग्ने छु ।’
उनले भारतसँग मात्र नभएर बंगलादेशसँग पनि विद्युत व्यापारको एकदम नजिक पुगेको बताए । नेपालबाट बंगलादेशमा ४० मेगावटसम्म विद्युत निर्यात गर्ने त्रिदेशीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको उनले जानकारी गराए ।
देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा यसअघि कहिल्यै पुगेको थियो भन्दै उनले प्रश्न गरे ।
उनले भने,‘भारतसँग मात्र नभएर बंगलादेशसँग पनि हामी विद्युत वयापारको एकदम नजिक पुगेका छौं । नेपालबाट बंगलादेशमा ४० मेगावटसम्म विद्युत निर्यात गर्ने त्रिदेशीय विद्युत व्यापारमा हस्ताक्षर हुँदैछ ।
म निराशाावादीसँग सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमा यसअघि कहिल्यै थियो र ? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ । के यो लोकतन्त्रको उपलब्धी होइन ?’
उनले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्ति गरे । नकारात्मक भावनाले सम्भव काम पनि असम्भव बनाइरहेको भन्दै आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेको उनको भनाइ थियो ।
प्रतिक्रिया