एक पटक बलात्कारमा पर्नेहरुको सङ्ख्या ५९ दशमलव ८४ प्रतिशत, सामूहिक तर एक पटक मात्रै यस्तो घटना सामना गर्नेहरुको संख्या ६५ दशमलव ३५ प्रतिशत , सामूहिक र महिनौँ बलात्कारजस्ता घटनामा पर्नेहरू ४० दशमलव १६ प्रतिशत रहेछ ।संयोजक खड्काले, अध्ययनका क्रममा बलात्कारमा परेकैकारण गर्भपातको समस्या भोग्नेहरुको संख्या ३४ दशमलव ६५ प्रतिशत पाइएको जानकारी दिइन् । एकै जना पीडितको एक देखि तीन वटासम्म बच्चाहरु खेर गएको पाइएको उनको भनाई छ । त्यस्तै संयोजक खड्काले, द्वन्द्वकालीन समस्या समाधानका लागि ऐन निर्माण कार्यलाई तत्काल टुङ्गोमा नपु¥याए पीडितहरुले झनै समस्या भोग्नु पर्ने अवस्था आउने चेतावनी दिइन् । ‘हामीले टिआरसी ऐनलाई ढिला गर्नु हुँदैन् । ढिला गर्दा केहि साथीहरु छिटो उपचार नपाउने हो भने उहाँहरुलाई बचाउन गा¥यो हुन्छ । अब बितिसकेपछिको जिम्मा कसले लिने अर्को असाध्यै गम्भीर विषय हो । ’ उनले भनिन् ‘त्यसैले राष्ट्रिय सहमति र सिङ्गो राज्यले जिम्मेवारीपूर्वक नसोच्दासम्म यो समस्या हल हुँदैन् । एउटा राष्ट्रिय सहमतिको आवश्यक छ । यो कसैलाई आरोप लगाउने कमजोर पार्ने भन्नुभन्दा पनि राष्ट्रको समस्या हो । पीडितको ज्यान जोगाउन सदनले आवश्यक भूमिका खेल्न आवश्यक रहेको उनले बताइन् । ‘अहिले त सरकारले द्वन्द्व पीडितहरुलाई उपचार गर्ने भनेर नीति पास गर्दा पनि जो लक्षित समुदाय हो यौनजन्य हिसांमा परेको बलात्काजन्य घट्नामा परेको दिदि बहिनीहरु आउन सक्ने स्थिति छैन् किनकी कानुनले उहाँहरुलाई चिन्दैन्। ’ उनले भनिन् ‘जति सक्दो चँडो आयोग गठन गरेर उजुरी खुल्ला गरेर मात्र कानूनीरुपमा पीडित ठहरीनुहुन्छ र ढोका खुल्ने भनेको जतिसक्दो चाँडो ऐन पास गरेर नै हो । त्यसैले सरकारलाई राजनीति दल, सदनलाई आग्रह गर्दैछु यो ढिलो गर्नुभनेको पीडितको बिना उपचार ज्यान जानु हो । ’
प्रतिक्रिया