भारतीय सशस्त्र सीमा बलसँगको समन्वयमा दश गजा क्षेत्र खाली गराउन थालिएको एसएसपी राजेन्द्र खड्काले बताए । जसअन्र्तगत १६.७ किलोमिटर दशगजा खाली गराइएको र दशगजामा पर्ने १३.३२ बिघा जग्गामा खेती गर्न रोक लगाइएको छ ।
दशगजा क्षेत्रमा दुवै क्षेत्रबाट घर बनाउने तथा खेती गर्ने प्रवृत्ति रहेको गृह मन्त्रालयको रिपोर्ट छ । कतिपयको घर नेपालतर्फ त आँगन भारततर्फ छ । जसले गर्दा सीमामा समस्या भएपछि दशगजा क्षेत्रलाई सशस्त्र प्रहरीले खाली गराउने अभियान थालेको हो ।
यो समाचार आजको नयापत्रिका दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया