प्रेस काउन्सिलले पत्रकारलाई अनुदान दिने

आइतबार, ०७ माघ २०८०
काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखनवृत्तिका लागि आवेदन माग गरेको छ । काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा खरिदमा ४० प्रतिशतसम्म अनुदान दिने भएको छ भने अन्य १० जनालाई लेखनवृत्ति र ७ जनालाई सोधपत्रमा अनुदान दिने जनाएको छ । त्यस्तै, एउटा सञ्चार केन्द्र स्थापनाका लागि अनुदान कार्यक्रम रहेको जनाएको छ । काउन्सिलले ती सबै कार्यक्रमका लागि आइतबारदेखि आवेदन खुलाएको हो । काउन्सिलले आइतबार सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार