देशको रक्षा र विकासको लागि नै नेकपा एमाले बनेको ओलीले बताए । देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने ओलीले प्रष्ट पारे । त्यसैले २०८४ को निर्वाचनमा एमालेले सबै ठाउँमा जित्ने गरी तयारी गरिरहेको ओलीले बताए ।
अध्यक्ष ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए । यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने ओलीको भनाइ छ।
कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने ओलीले बताए । धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएका ओलीले उदाहरण दिए ।
आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताए । कृषि उत्पादनलाई बजारीकरणको लागि विविधीकरण गर्नुपर्ने आवश्यकता ओलीले औँल्याए । उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा ओलीको जोड छ । त्यसो भयो भने ती उत्पादनले बजार पाउने ओलीको भनाइ छ ।
प्रतिक्रिया