विजय कुमार गच्छदारलाई फसाउन गरीएको षड्यन्त्र असफल भयो : थारु कल्याणकारी समाज सुनसरी

सोमबार, ०७ फागुन २०८०
इटहरी / थारु कल्याणकारी समाज थाकस सुनसरीले ललिता निवास जग्गा प्रकरणमा नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारलाई फसाउन गरिएको षड्यन्त्र असफल भएको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै थारु समुदायको धरोहरको रूपमा रहेका गच्छदारको राजनीतिक जीवन समाप्त पार्न गरिएको षड्यन्त्रलाई अदालतको निर्णयले असफल पारेको बताएको हो । देश हितमा काम गर्दै आएका नेता विजय कुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रह राखी लगाएको झुठा आरोप अदालतको निर्णयले निस्तेज भएको छ। असत्य माथि सत्यको विजय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार