विपक्षी दलको विरोधले प्रतिनिधि सभाको बैठक स्थगित

शुक्रबार, ११ फागुन २०८०
काठमाडौँ ।  विपक्षी दलका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले बोलेपछि विपक्षी दलका सांसद विरोधमा उत्रिएका हुन्। सांसद केसीले विधेयक प्रस्तुत गर्ने वेला गणपूरक संख्या नपुगोस् भनेर विपक्षी दलका सांसद बाहिर गएको आरोप लगाएका थिए। प्रतिनिधि सभाको बिहीबारको बैठकमा गणपूरक संख्या पुगेको थिएन। जसले गर्दा बैठक स्थगित भएको थियो। त्यसै विषयलाई लिएर सांसद केसीले आरोप लगाएका थिए। त्यसपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत विपक्षी दलका सांसदले विरोध जनाएका हुन्। उनीहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार