१४ वर्षीया बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

विहीबार, १७ फागुन २०८०
कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका–१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार