अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई मोडर्न प्रिपेरेटोरीमा नै किन भर्ना गर्ने ?
मोडर्न प्रिपेरेटोरी स्कुलले शिक्षाको लागि बाल मनोविज्ञानलाई ध्यानमा राखेर बाल केन्द्रित दृष्टिकोण अनुसार शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
जसले प्रभावकारी सिकाइका लागि स्वतन्त्रता, अनुशासन र संस्कारयुक्त सिकाइ, आत्म निर्देशित सिकाइ र हातमा सिकाइका अनुभवहरूमा विशेष गरी प्रयोगात्मक सिकाइमा जोड दिन्छ ।
व्यक्तिगत र सामाजिक व्यवहारका कुराहरू पनि नानीहरूले विद्यालयमै सिक्छन् । विद्यालयमा हामीले अभ्यास गरिरहेको सिकाइको दृष्टिकोणले बालबालिकाहरूलाई आफ्नै गतिमा सीपको विकास गर्न र उनीहरूको आफ्नै रुचि र प्रतिभा पत्ता लगाउन प्रोत्साहन गर्दै आएको छ ।
यस अभ्यासका कारण जीवनभरका लागि नानीबाबुहरूको सिकाइ प्रभावकारी हुन्छ । विद्यालयले प्रायः विविध र बहु सांस्कृतिक सिकाइ वातावरण प्रदान गर्दै आएको छ । जसले नानीबाबुहरूलाई उनीहरूको वरपरको वातावरण बुझ्न, उक्त वातावरणमा घुलमिल हुन, प्रकृति र प्रशंसा विकास गर्न मद्दत गर्दछ ।
त्यसैले मोडर्न प्रिपेरेटोरी स्कुल अभिभावकका लागि आफ्ना नानीबाबुहरूको विद्यालय शिक्षाको मजबुत जग हाल्नका लागि र समग्र शैक्षिक विकासका लागि उत्कृष्ट छनौट हो ।
विद्यालयमा पाठ्यक्रम बाहेकका केके सिकाइ हुन्छन् ?
हामीकहाँ पाठ्यक्रमबाहेक अतिरिक्त र व्यवहारिक शिक्षालाई जोड दिँदै आएका छौँ । बालबालिकाहरूले उमेर अनुसार जान्नुपर्ने व्यवहार, प्रस्तुति, सीप, अनुशासन र कर्तव्यका कुराहरू सिक्नुपर्छ भन्नेमा हाम्रो मुख्य जोड रहेको छ ।
जसका लागि नियमित रूपमा विभिन्न कार्यशालाहरू, रुचि अनुसार विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित क्लबहरूका कार्यक्रमहरू, फरक किसिमका शैक्षिक र अध्ययन भ्रमणहरू, प्रदर्शनी र विभिन्न विधाका प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन हुन्छन् ।
हामीकहाँ पाठ्यक्रम अन्तर्गतकै पनि प्रयोगात्मक अभ्यासहरू धेरै हुन्छन् । जस्तैस् सामाजिक अध्ययन अन्तर्गत ठुला कक्षाका विद्यार्थीहरूले निर्वाचन लगायतका विषयमा पढ्नुपर्छ ।
उदाहरणका लागि, त्यसको सैद्धान्तिक कक्षासँगै अभ्यासको रूपमा निर्वाचन आयोगको कार्यविधिलाई आधार बनाएर हामीले स्कुल क्याप्टेन, भाइस क्याप्टेनहरूको भोटिङ नै गराउँछौ । जहाँ संसद्को अभ्यास पनि हुन्छ । जसले विद्यार्थीमा निर्वाचनबारे पनि थाहा हुन्छ । हाम्रो स्कुलको फेसबुक पेजमा गएर ती क्रियाकलाप हेर्न सकिन्छ ।
हाम्रो विद्यालयले नेपाल प्रहरीको सहयोगमा लागू औषध दुर्व्यसन, साइबर सुरक्षा लगायतका विषयमा श्रव्य दृश्यसहितको सचेतना कक्षाहरू र अन्तरक्रियाहरू सञ्चालन गरिरहेको हुन्छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा विपद् व्यवस्थापनका विषयमा प्रशिक्षण र अभ्यासहरू सञ्चालन भइरहेका छन् ।
समाजका विभिन्न क्षेत्रहरू जस्तैस् सामाजिक, साहित्यिक, वैज्ञानिक, राजनीतिक लगायतका क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूसँग नियमित अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्नेजस्ता काम विद्यार्थीहरूले नै गर्दै आएका छन् ।
त्यसै गरी, समाजका सबै समुदायका विद्यार्थीहरूको उपस्थितिले हामी उत्साहित छौँ । यो अवस्थाको सदुपयोग गर्दै हामीले नानीबाबुहरूलाई आफ्नो मौलिक भेष भूषा र संस्कृतिप्रति अभ्यस्त बनाउँदै अपनत्वको भावना बढाउन विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छौँ ।
यसले नयाँ पुस्तालाई आफ्नो समुदायको पहिचान र मौलिकताप्रति गौरव गर्न सिकाउँछ भने एक अर्काको भेष भूषा र संस्कृतिको बारेमा जानकारी गराउँदै फरक संस्कृतिको सम्मान गर्न सिकाउँछ । जसले गर्दा बालबालिकामा सामाजिक सहिष्णुता र अनेकतामा एकताको भावना जागृत गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पाठ्यपुस्तक बाहेकका क्रियाकलापका लागि विद्यालयमा रहेका मोडर्न बाल क्लब, मोडर्न आर्ट एण्ड लिटरेचर क्लब, मोडर्न ट्राभल एण्ड टुरिजम क्लब, मोडर्न इन्भायरोमेन्ट एण्ड सेनिटेसन क्लब, मोडर्न सोसल वेलफेयर क्लब, जुनियर रेडक्रस सर्कल, स्काउट तथा एनसीसीका क्याडेटहरूको सक्रियतामा सामाजिक कार्यहरूमा विद्यार्थीहरू सहभागी हुन्छन् ।
इटहरीमा क्रियाशील रहेका सामाजिक संघ संस्थासँगको सहकार्यमा सामाजिक गतिविधिहरूमा समेत सक्रिय बनाइरहेका छौँ ।
विद्यालयमा विद्यार्थीहरूकै सक्रिय सहभागिता र नेतृत्वमा आवधिक रूपमा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू र प्रदर्शनीहरू समेत सञ्चालन हुन्छन् ।
जसले विद्यार्थीलाई नेतृत्व विकाससँगै सिकाइप्रति अभिप्रेरित गर्दै प्रतिस्पर्धी भावनाको विकास गराउन मद्दत गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।
विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?
हेर्नुस्, हामी विद्यालय सञ्चालन गरिरहेका छौँ भन्ने कुरामा सचेत छौँ । अनुशासन र संस्कारसहितको प्रयोगात्मक अभ्यासमा आधारित शिक्षण सिकाइमा हाम्रो मुख्य जोड छ ।
विद्यालय भनेको विद्याको पवित्र मन्दिर हो । हामीले गरेको कामको मूल्याङ्कन अभिभावकहरूले, समाजले गरिरहनुभएको हुन्छ ।
हामी हाम्रो कामबाटै विद्यार्थी आकर्षित हुन् भन्ने चाहन्छौँ । हाम्रो रणनीति नै सिकाइलाई प्रभावकारी बनाउन हामीले गरेका कामको गुणस्तर र अभ्यासहरू समाजमा पुगोस्, अभिभावकले थाहा पाउनुहोस् ।
अभिभावक र समाजको साथ विद्यालयले पावस् भन्ने हो । मुख्य कुरा काम नै हो । विद्यार्थीहरूको क्षमता अभिबृद्दिसँगै प्रयोगात्मक कक्षामा पनि हाम्रो प्राथमिकता छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
आजका स्कुले विद्यार्थी भनेका भोलिका कर्णधार हुन् । त्यसैले, मोडर्न प्रिपेरेटोरी स्कुल विद्यालयमा हुने शिक्षण सिकाइ अनुशासन र संस्कारयुक्त हुनुपर्छ भन्ने कुरामा दृढ छ ।
अनुशासित र मर्यादित भएर गरिने अभ्यास र मेहनतले मात्र जीवनमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारिक रूपमा सिकाउँदै आएका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।
नानीबाबुहरूको शैक्षिक, सामाजिक स्तरोन्नतिका निम्ति हामी सचेत छौँ । विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावक मिलेर काम गर्नुपर्छ । यसमा अभिभावकको भूमिका असाध्यै महत्त्वपूर्ण छ ।
अभिभावकका लागि अभिभावक शिक्षामा पनि हामीले काम गरिरहेका छौँ ।
अन्त्यमा, छोराछोरीलाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा हुँदैन । विद्यालयसँगको नियमित सम्पर्क र सहकार्यमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गर्नुपर्छ ।
आफ्ना बालबालिकाको शिक्षा, दीक्षाको विषयमा अभिभावकले सक्रियतापूर्वक चासो राख्ने गर्नुपर्छ । यसले गर्दा अभिभावक र विद्यालयबिचको सम्बन्धका कारण विद्यार्थीमा पनि थप उत्प्रेरणा मिल्छ ।

-ADVT:
प्रतिक्रिया