काठमाडौं । नेकपा एमाले ले ऐन महरलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको सचिवालय बैठकलले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उमपहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार महरले निष्ठा र इमान्दारिताका साथ पार्टीको काम गर्ने प्रतिबद्धता जनाएपछि आज बसेको सचिवालय बैठकले उनलाई पुनस् केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका महर यसअघि पनि केन्द्रीय सदस्य थिए । तर, एक महिलासँगको अडिओ टेप बाहिरिएपछि उनले गत फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र मानिने महरले भने अडिओ टेपको आवाज आफ्नो नभएको जिकिर गर्दै आएका थिए ।
२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।
प्रतिक्रिया