प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, जसपाका कार्की बने मन्त्री

सोमबार, १२ चैत्र २०८०
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सां‌सद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले अपराह्न ३ बजे शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारले जनाएको छ । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार