आजदेखि विराट गोल्डकप

विहीबार, १५ चैत्र २०८०
विराटनगर / आजदेखि विराटनगरमा विराट गोल्डकप सुरु हुँदैछ । आज चैत्र १५ गतेदेखि सुरु हुने विराट गोल्डकपको चैत्र २४ गते समापन हुनेछ । विराटनगरको सहिद रंगशालामा फर्डलाइटमा गोल्डकप फुटबलको खेल सञ्चालन हुनेछ । प्रत्येक दिन साँझ ६ देखि ८ बजेसम्म गोल्डकप फुटबल प्रतियोगिता हुनेछ । गोल्डकपमा नेपाल, भारत र बंगलादेश गरी ३ देशका १० टोलीको सहभागिता रहेको छ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष तथा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले पहिलो चरण खेलमा २ सय, सेमिफाइनल खेलमा ३ सय र फाइनल खेलमा ५ सय रुपैयाँ टिकट दर कायम गरिएको बताए । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्नेछ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार